
भक्तपुर नगरपालिका १ सृजनानगरमा ट्रिपरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । गएराति ८ः२० बजेको समयमा बा ३ ख २५३१ नम्बरको ट्रिपरले सर्भिस लाइनमा ठक्कर दिँदा उदयपुरको चौदण्डीगढी नगरपालिका घर भएका २७ वर्षीय समीर वि.क.को मृत्यु भएको हो । उनको इवामुरा अस्पताल सल्लाघारीमा उपचारको क्रममा गएराति ९ बजेतिर मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।
विकलाई ठक्कर दिएर भागेको ट्रिपर र त्यसका चालक सिद्धिमान तामाङलाई प्रहरीले सोमबार बिहान महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।