446 views 1 sec 0 comments

मकवानपुरमा २५ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ…

In समाज
१६ मंसिर २०७६, सोमबार १३:५६

मकवानपुरमा २५ किलो चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पेट्रोल भर्ने ट्यांकीभित्र राखेर हेटौंडातर्फ ल्याउँदै गरेको चरेससहित त्रिभुवन राजपथको हेटौंडा-पालुङ खण्डबाट प्रहरीले बा२५प ८७८३ नम्बरको मोटरसाइकलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा भारत बिहान मोतिहारी सिसुवा-२ का २५ वर्षीय राजेश यादव र भारत मोग्लेसपुरका १८ वर्षीय ऋषिकु्मार यादव रहेका छन् ।
उनीहरुले पेट्रोल भर्ने ट्याङकीको तल्लो भाग काटेर त्यसमै चरेस लुकाएर प्रहरीलाई नै झुक्याउने गरी चरेस वीरगञ्ज लैजान लागेको मकवानपुरका एसपी मुकेशकुमार सिंहले बताए । पहिलो पटक यसरी लागूऔषधको तस्करी गरेको फेला पारेको उनले बताए ।