
काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको गाडीको शिशा पुच्छ्ने क्रममा अचानक गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ ।
बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठाेक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा बा.१ प १०१५ नम्बरको गाडीका सह-चालक भक्तपुर चाँगुनारायण नगरपालिका-४ घर भएका २५ वर्षीय अभिषेक तामाङ रहेका छन् । गाडीले च्यापिएर गम्भीर घाइते भएका तामाङको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।