
ललितपुर महानगरपालिका-१३ सिँचाइ हिटीस्थित रोकिराखेको दुईवटा बसमा आइतबार बिहान आगलागी भएको छ ।
महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायव उपरीक्षक गौतम मिश्रका अनुसार बिहान करिब ११ बजेको समयमा एक्कासी गाडीमा आगलागी भएपछि दमकलको सहयोगमा स्थानीय र प्रहरीले आगो निभाएका थिए ।
आगलागीबाट पार्किङ गरिराखेको बा३ख १३८९ र बा३ख १६६ नम्बरको गाडी जलेर पूर्णरुपमा क्षति भएको छ । अर्को सँगै रोकिराखिएको बा२ख ५९४५ नं। को बसमा भने आंशिक रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने नखुलेको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए ।