
पछिल्ला केही दिनहरुमा काठमाडौं उपत्यका लगायत नेपालभर जाडो सुरु भएको छ । मौसमविद्ले दिएको जानकारी अनुसार पश्चिमी वायुका कारण नेपालमा अचानक जाडो सुरु भएको हो ।
आज पनि पश्चिमबाट आएको वायुले नेपालको मौसममा आंशिक प्रभाब पार्ने देखिएको छ । देशैभरि सामान्य देखि पूर्ण बदली रहेको छ । आज देशभर सामान्य देखि पूर्ण बदलि रहि देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति देशभर सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । वर्षासँगै हिमाली जिल्लाहरुमा सामान्य हिमपात पनि हुनसक्ने बताइएको छ ।
घर बाहिर निस्कदा बाक्लो कपडा लगाएर निस्कन विज्ञको सुझाव रहेको छ । यो जाडोमा रुघा, खोकी, नियोनियाजस्ता संक्रमण हुनसक्ने भएको हुँदा बच्चा र वृद्धवृद्धाहरुलाई न्यानो बनाइराख्न चिकित्सकहरुको सल्लाह रहेको छ ।