543 views 0 secs 0 comments

पोलमा तार जोडिरहेको क्रममा अचानक पोलमा लाइन आएर करेन्ट लाग्दा मजदुरको मृत्यु…

In समाज
१६ मंसिर २०७६, सोमबार १६:५०

माधव नारायण नगरपालिका वडा–३ भेलहीका २४ वर्षीय रामप्रवेश पासवानको गएराति वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ठेकदार रामकृत साहले बताएका छन ।
हिजो आइतवार दिउँसो ११ बजे जिंगडवा र लक्ष्मीनिया गाँउको बीचमा रहेको पोलमा तार जोडिरहेको क्रममा अचानक पोलमा लाइन आएर पाश्वानलाई करेन्ट लाग्दा उपचारको लागी वीरगञ्ज लगिएको थियो  ।
विद्युतको पोलमा तार जोडने क्रममा विद्युत प्राधिकरण गौरले कुनै जानकारी नदिइ अचानक लाइन दिएको कारण करेन्ट लागेर मृत्युु भएको ठेकदार रामकृत साहको भनाइ रहेको छ ।
उता, जिल्ला बिधुत प्राधिकरण गौरका प्रमुख उमेश यादवले घटना भएको क्षेत्र मौलापुर शाखा अन्तरगतको एरिया रहेकाले आफुुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए ।