700 views 4 secs 0 comments

गगन थापालाई लक्षित गरेर बम प्रहार, थापासहित ५ घाइते

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १३:१४

मंसिर १८, २०७४-नारायणस्थानस्थित चपली हाइटमा केहीबेरअघि बम बिष्फोटन हुँदा काठमाडौं – ४ का कांग्रेस उम्मेदवार गगन थापासहित ५ जना घाइते भएका छन् । घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

‘म टिचिङ् अस्पातल जाँदै छु, गगन दाईसहित ५ जना घाइते भएकाे जानकारी आएको छ’ गगन थापाका निकटस्थ प्रताप पौडेलले कान्तिपुरसंग भने, ‘घाइतेसाथीहरुलाई अस्पताल ल्याइसकेको खवर छ ।’

नेपाल प्रहरी काठमाडौं परिषरका प्रमुख एसएसपी राजेन्द्र धानुकले गगन थापालाई बमको छर्राले लागेको जनाएको छ ।

गगनका सहयोगी शंकर घिमिरेका अनुसार गगनको डाडमा चोट लागेको छ भने अन्य चार जनाको अवस्था गम्भीर रहेको छ ।

http://bit.ly/2AoMTlZ