बाजुरा, मंसिर १० – बाजुराको बुढीनन्दा नगरपालिका ८ मा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच ढुङ्गा हानाहान भएको छ । बुढीनन्दाको पिसक्रेटर मतदान केन्द्रमा स्थिति तनावग्रस्त भएपछि सुरक्षाकर्मीले ३ राउण्ड हवाइफायर गरेको हो ।
स्थिति नियन्त्रणमा आएपछि अहिले मतदान सुरु भएको सुदूरपश्चिमका क्षेत्रीय उपप्रशासक शंकरबहादुर बिष्टले जानकारी दिनुभयो ।यस्तै बाजुराकै बुढीगंगा नगरपालिका ब्रह्मतोला मतदान केन्द्रमा लाइन लगाउने विषयमा विवाद हुँदा रोकिएको मतदान अहिले सुरु भएको ७ नम्बर प्रदेश प्रमुख एआईजी माधव नेपालले जानकारी दिनुभयो ।