समाज
२६ मंसिर २०७६, बिहीबार १४:१८
840 views 0 secs 0

संखुवासभामा वडा कार्यालय र स्काभेटरमा अज्ञात समूहले आगजनी…

संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।  गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए ।  आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए […]

समाज
२६ मंसिर २०७६, बिहीबार १४:०१
515 views 0 secs 0

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटना, २ जनाको मृत्यु…

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख […]

समाज
२६ मंसिर २०७६, बिहीबार १३:२०
527 views 0 secs 0

१९ वर्षीया पन्त महाकाली सिँचाइको नहरमा मृत भेटिए…

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन् । आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । “प्रारम्भिक जानकारीअनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ”, प्रवक्ता चन्दले भन्नुभयो, “घटनास्थलबाट […]

समाज
२६ मंसिर २०७६, बिहीबार १३:०५
470 views 1 sec 0

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु…

नुवाकोटमा बुधबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा.८० प ६५७६ नम्बरको मोटरसाइकल चालक बिदुर नगरपालिका-७ बस्ने २८ वर्षीय सुजन रिजाल रहेका छन् । बिदुर नगरपालिका-७ स्थित तुप्चेटारबाट सोलेतर्फ आउँदै गरेको समयमा मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मोटर तल खस्दा उनी गम्भीर घाइते भएका थिए । घाइते सुजनको जिल्ला […]

देश, समाज
२६ मंसिर २०७६, बिहीबार ११:५४
588 views 0 secs 0

धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै…

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धान्य पूर्णिमा, उधौली र योमरी पूर्णिमा मनाइँदै छ । धान्य पूर्णिमाको अवसरमा आज धानको विधिपूर्वक पूजा आजा एवं दान गरिँदै छ धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी […]

समाज
२५ मंसिर २०७६, बुधबार १५:५४
1147 views 1 sec 0

बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद…

प्रहरीले बर्दिया र बैतडीमा बेवारिसे अवस्थामा रहेका दुई वटा भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका-१२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको बन्दुक मंगलबार बरामद गरेको हो । यस्तै, बैतडीको दशरथचन्द नगरपालिका-२ ग्वाल्लेकस्थित जंगलको ओढारमा लुकाइ राखेको बन्दुक प्रहरी चौकी देहीमाडौंको टोलीले मंगलबार दिउँसो बरामद गरेको हो […]

समाज
२५ मंसिर २०७६, बुधबार १५:२०
685 views 0 secs 0

बाँकेमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ…

बाँकेमा अवैध नेपाली रुपैयाँसहित २ जना पक्राउ परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका २ घरबारी टोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन् । गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुको साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए ।

समाज
२५ मंसिर २०७६, बुधबार १३:२०
496 views 0 secs 0

बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न ३ जनालाई पक्राउ…

नेपाली बैङ्क ह्याकिङ तथा अनलाइनबाट ठगीमा संलग्न ३ जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ । अनलाइनका माध्यमबाट पुरस्कार वा चिठ्ठा पर्यो लगायतका विभिन्न प्रलोभन देखाई उनीहरुले ठगी गर्ने गरेको प्रहरीको भनाई छ ।त्यसैगरी उनीहरुले विभिन्न बैङ्क ह्याकिङसम्म गरेको प्रहरीले बताएको छ ।उनीहरुलाई काठमाडौँ लगायत देशका अन्य स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ […]

समाज
२५ मंसिर २०७६, बुधबार १३:०५
815 views 0 secs 0

कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक मृत्यु, छ घाइते…

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले  नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्टको  आज विहान मृत्यु भएको जानकारी दिए । स्थानीय ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशीला बम घाइते आक्रमणबाट भएको छ । उनीहरु […]

समाज
२५ मंसिर २०७६, बुधबार १२:५४
467 views 0 secs 0

चन्द्रपुरमा दुईवटा शव बरामद…

रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको चन्द्रपुरमा दुईवटा शव बरामद भएको छ । चन्द्रपुरस्थित बजारमा एकजना र मुनलाइट स्कुलको अगाडी एकजना गरी दुई जनाको शव बरामद भएको प्रहरीले जनाएको हो ।बजारक्षेत्रमा फेलापरेको शव कुनै सवारी साधनको ठक्करबाट मृत्यु भएको व्यक्तिको हुनसक्ने अनुमान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अन्दाजी ३०–३५ वर्षको देखिने शवको पहिचान […]