समाज
२४ श्रावण २०७६, शुक्रबार १४:२५
801 views 1 sec 0

विषालु सर्पको टोकाइबाट दुई बालिकाको ज्यान गयाे…

राजपुर गाउँपालिका वडा नम्बर-७, भौवानामा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुई बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट भौवानाका शेरबहादुर सार्कीकी दुई छोरीको ज्यान गएको छ । भौवानामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको कक्षा सातमा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्की पनि सर्पको टोकाइबाट ज्यान गएको प्रधानाध्यापक विकले संदेश नेपाल लाई जानकारी […]

देश, समाज
२४ श्रावण २०७६, शुक्रबार १३:२७
715 views 0 secs 0

प्रहरीले गोली हानेर दुई लुटेरा पक्राउ…

काठमाडौंको स्वयम्भूमा प्रहरीले गोली हानेर दुई लुटेरालाई पक्राउ गरेको छ । स्वयम्भूको विजेश्वरी हाउजिङको झिँगु क्याफेमा प्रहरीले गोली हानेर लोप्साङ भन्ने विजय लामालाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी थापाका अनुसार उनलाई घुँडामुनि गोली हानेर पक्राउ गरिएको हो । उनीसँगै अमृत तामाङ पनि पक्राउ परेका हुन् । लोप्साङको काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा […]

समाज
२४ श्रावण २०७६, शुक्रबार १२:५८
525 views 0 secs 0

आज सुनको भाउ स्थिर…

आज सुनको भाउ स्थिर रहेको छ। हिजो ५ सय रुपैयाँ बढेर ७० हजार पुगेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। एक सातादेखि लगातार बढिरहेको छापावाल सुनको मूल्य बिहिबार ७० हजार पुगेर उच्च रेकर्ड कायम गरेको थियो। त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँ तथा चाँदी ८ सय २५ रुपैयाँमा कारोबार […]

देश, समाज
२४ श्रावण २०७६, शुक्रबार १२:१४
643 views 1 sec 0

नक्कली नोट र  त्यसको छपाइ मेसिनसहित ७ जनालाई प्रहरीले पक्राउ….

धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई  जिल्ला प्रहरी कार्यालय, कैलालीले  शुक्रबार बिहान सार्वजनिक गरेको हो ।नक्कली नोट बनाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय […]

समाज
२४ श्रावण २०७६, शुक्रबार ११:३५
499 views 0 secs 0

७० वर्षीय सूर्यबहादुर थापाको छोराद्वारा हत्या…

झापाको कमल गाउँपालिका–१ मा चिरपटको प्रहार गरेर एक जनाको हत्या भएको छ । स्थानीय ७० वर्षीय सूर्यबहादुर थापाको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख दिनेशराज मैनालीले घरायसी विवादका क्रममा थापाका छोरा प्रकाशले उनलाई चिरपट प्रहार गरेको बताए । ‘उहाँको घटनास्थलमै मृत्यु भएको भनेर स्थानीयले खबर गरेपछि प्रहरी चोकी तोपगाछीबाट टोली खटिएको थियो’, […]

समाज
२४ श्रावण २०७६, शुक्रबार ११:०२
628 views 0 secs 0

भरतपुर लुगा सुकाउने क्रममा इनारमा खसेर महिलाको मृत्यु..

भरतपुर महानगरपालिका–९ आदर्शचोकमा शुक्रबार बिहान इनारमा खसेर एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नवलपुरको गैँडाकोट घर भई माइतमा आएकी ४० वर्षीया इन्द्रकला भुसालको इनारमा खसेर मृत्यु भएको हो। इनारको ढकनीमा चढी कपडा सुकाउने डोरी मिलाउन खोज्दा ढकनी भाँचिन गई भुसाल इनारमा खसेकी थिइन्। इनारमा खसेकी भुसालको शव भरतपुर अस्पताल ल्याइएको […]

समाज
२४ श्रावण २०७६, शुक्रबार १०:११
631 views 0 secs 0

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध..

प्रदेश १ को खोटाङसहित ३ जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो । हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र […]

समाज
२४ श्रावण २०७६, शुक्रबार ०९:३५
467 views 0 secs 0

डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर सहित दुई जनालार्ई नगद नौ लाखसहित पक्राउ…

डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ। अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ। सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि आचार्यसँग रकम बुझ्दै गरेको अवस्थामा […]

समाज
२४ श्रावण २०७६, शुक्रबार ०९:०४
469 views 0 secs 0

नेपालगञ्ज सुर्खेतरोडमा आगलागी करीब रु सातदेखि १० करोडको क्षति…

नेपालगञ्ज सुर्खेतरोडको गुरुद्वारा अगाडि रहेका पसलहरुमा बिहीबार मध्यरातमा आगलागी भएको छ । गुरुद्वारादेखि उपमहानगरपालिका छेउसम्मका दर्जन बढी फर्निचर पसल आगलागीबाट खरानी भएका छन् ।प्रत्यक्षदर्शी सरोजकुमार चन्दका अनुसार नेपालगञ्जका दुई, कोहलपुरको एक र नेपालगञ्ज विमानस्थलमा रहेको एक गरी चार दमकललाई आगलागी नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो । ‘फर्निचर पसल रहेकाले आगो नियन्त्रणमा आउन गाह्रो भएको थियो’, […]

समाज
२४ श्रावण २०७६, शुक्रबार ०८:१०
532 views 1 sec 0

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत ६ लाख ७५ हजार घुससहित पक्राउ…

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रशासकीय अधिकृत गिरिराज कोइरालालाई ६ लाख ७५ हजार घुससहित शेर्पा मलबाट पक्राउ गरेको हो । उनले स्तुपा कलेज, बौद्धका विद्यार्थीहरुको समस्या समाधान गरिदिने भन्दै घुस लिएका थिए ।