
राजपुर गाउँपालिका वडा नम्बर-७, भौवानामा विषालु सर्पको टोकाइबाट एकै परिवारका दुई बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट भौवानाका शेरबहादुर सार्कीकी दुई छोरीको ज्यान गएको छ ।
भौवानामा रहेको शिवशक्ति माध्यमिक विद्यालयको कक्षा सातमा अध्यनरत करिष्मा सार्की र कक्षा ५ मा अध्ययनरत सुजु सार्की पनि सर्पको टोकाइबाट ज्यान गएको प्रधानाध्यापक विकले संदेश नेपाल लाई जानकारी दिनुभयो ।
भौगोलिक विकटता, बाटोको समस्या, सञ्चार र स्वास्थ्य सेवाको पहुँच नहुँदा दुई जना बालिकाको ज्यान गएको प्रधानाध्यापक विकले बताउनु भयो । घरमा सुतिरहेको बेला दुई जना बालिकालाई सर्पले डसेको हो ।