413 views 0 secs 0 comments

डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर सहित दुई जनालार्ई नगद नौ लाखसहित पक्राउ…

In समाज
२४ श्रावण २०७६, शुक्रबार ०९:३५

डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुई जनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ।

अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ।

सडक कार्यालय पोखराअन्तर्गत सडक निर्माणको ठेक्का मिलाइदिने भनी पोखरेलले आफ्नै निवासमा निर्माण व्यवसायी ऋषि आचार्यसँग रकम बुझ्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेको अख्तियार स्रोतले बताएको छ। प्रमुख दाहालले पक्राउ परेको पुष्टि गरे पनि रकम भने यकिन हुन बाँकी रहेको बताए।