508 views 0 secs 0 comments

पोखरा फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता…

In समाज
१२ फाल्गुन २०७६, सोमबार १८:५१

पोखरा फेवातालमा सोमबार डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काठमाडौं १२ का २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ ।
डुंगामा ३ जना चढेको र २ जनालाई भने उद्धार गरिएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी यादव ढकालले जानकारी दिए । उद्धार हुनेमा काठमाडौं १२ कै रुपेश अधिकारी र सुविन चालिसे छन् ।
चालकबिना आफैं चलाएर लगेको डुंगा खपौंदी क्षेत्रमा पल्टिएको डीएसपी ढकालले बताए । ‘चलाउँदा चलाउँदै पानी भरिएर पल्टिएको भन्ने कुरा आएको छ । बाँकी अनुन्धान भइरहेको छ,’ उनले भने । फेवातालमा डुंगा चढ्दा/चलाउँदा लाइफ ज्याकेट अनिवार्य भए पनि लुइँटेलले लाइफ ज्याकेट नलगाएको प्रहरीले जनाएको छ ।