कास्कीमा एक जना सवइन्जिनियर घुससहित पक्राउ…

In राजनीति
१३ फाल्गुन २०७६, मंगलवार १०:२८

कास्कीमा एक जना सवइन्जिनियर घुससहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार रहेका छन् ।
कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।