सन्दीप लामिछानेले ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्ने…
नेपाली युवा स्पिनर सन्दीप लामिछानेले ‘द हन्ड्रेड क्रिकेट’ प्रतियोगिता खेल्ने भएका छन् । आइतबार राति भएको ड्राफ्टमा सन्दीपलाई ओभल इन्भिन्सिबल्सले टिमले एक लाख पाउण्ड (एक करोड ४६ लाख नेपाली रुपैयाँ) मा खरिद गरेको छ । टिमले पहिलो राउण्डमा वेस्ट इण्डिजका सुनील नराइनले लिएको थियो भने दोस्रो राउण्डमा इंग्ल्याण्डका साम बिलिङ्स र नेपालका सन्दीपलाई छानेको थियो […]