गुल्मी धुर्काेटमा स्वतन्त्र पार्टीको नयाँ कार्यसमिति गठन
बासुदेव पाेखरेल, १३ असाेज, गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टी धुर्काेट गाउपालिका गुल्मीमा नयाँ कार्यसमिति गठन भएको छ । गाउँपालिकाकाे केन्द्र वर्वाेटमा शनिबार सम्पन्न भेलाले उत्तम घिमिरेको नेतृत्वमा ११ सदस्यीय घुर्काेट गाउँपालिकामा नयाँ कार्यसमिति गठन गरेको हाे । समितिको उपसभापति बुद्धिराम भण्डारी,सचिवमा ठाकुर प्रसाद पाेखरेल,काेषाध्यक्षमा ममता घर्ती मगर लगायत ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएकाे छ […]