
गुल्मी ,
सोमबार एमाले पार्टी कार्यालय मदन आश्रित स्मृति भवनमा पत्रकार सम्मलेनको आयोजना गरेर दुवै पार्टीबिच औपचारिक रुपमा पार्टी एकताको घोषणा गर्दै समाजवादी गुल्मीका जिल्ला अध्यक्ष नरेश भण्डारी र ईन्चार्ज गणेश खनाल एमालेमा प्रवेश गरेका थिए ।
ति दुईजना व्यक्तिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काषन गरिएको भन्दै समाजवादीले उनीहरुबाहेक पार्टीका संस्थापक अध्यक्ष श्रीराम महत सहित सिगों पार्टी एकढिक्का रहेको पार्टिका सह ईन्चार्ज गणेश विश्वकर्मा तथा उपाध्यक्षद्वय चन्द्र सुनार र राम मल्ल ठकुरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाईएको छ ।
साथै एकीकृत समाजवादीले पार्टी सदस्य, समर्थक, शुभेच्छुक तथा आम मतदातालाई कुनै पनि भ्रममा नपर्न समेत अनुरोध गरेको छ । दुई जना व्यक्तिलाई टिका लगाएर एमाले पार्टी प्रवेश गरेको विषयलाई एकताको घोषणा जस्तो नाटक गरिनु खेदजनक रहेको नेकपा समाजबादीले भनेको छ ।