भ्रष्ट्रचारको थप सुचना ओलीज्युले नै दिनुहुन्छ : बराल

In राजनीति
७ आश्विन २०८०, आईतवार ०७:२६

 

प्रेम सुनार

गुल्मी, असोज ७ । नेकपा माओवादी केन्द्रका नेता सुदर्शन बरालले अहिलेको सरकारले चलाएको भ्रष्ट्रचार बिरोधी अभियानलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सघाई रहेको बताएका छन ।

आईतबार प्रेस सेन्टर नेपाल , गुल्मी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बरालले यस्तो बताएका हुन् ।

‘एमाले अध्यक्ष ओलीज्यु , पुर्व प्रधानमन्त्री हुुनुहुन्छ । उहाँका पालामा रातीराती सुनको जलहरी चढाउने काम पनि भए । अहिलेको सरकारले त्यसको फाईल खोल्यो त्यस क्रममा आफ्ना मान्छे समातिए पछि बचाउका लागि यला समात्नु पर्छ , उसलाई समात्नु पर्छ भन्दै बर्बराउन थाल्नु भयो । त्यसले सरकारलाई सुचना दिने काम भयो र धमाधम मान्छे समात्न सकारलाई सघाउ भयो । मलाई लाग्छ , पटक पटक उहाँ प्रधानमन्त्री रहेकोले भ्रष्टचारका थप सुचना उहाँ संग छन र उहाँले ती सुचना दिएर अहिलेको सरकारको भ्रष्टचार बिरोधी अभियानलाई उहाँले सघाउनु हुने नै छ । ’

नेता बरालले अहिलेको सरकारले भ्रष्टचार बिरोधी अभियान चलाउँदा कोही कोही मानिस निकै अत्तालिनु र जनतामा भ्रम छर्नु स्वभाविक भएको बताउँदै भने –‘ तर अहिलेको जनता सचेत छन, को कस्तो रै’छ भनेर बुझी सकेकोले कसैले पहिलै खुट्टा नउचाल्दा हुन्छ । ’

लुम्बिनी प्रदेश कमिटीको अध्यक्षको हैसियतले गृहजिल्लाको सचिवालय बैठकमा सहभागि हुन आएका नेता बरालले सो पार्टीको जनता संग माओवादी बिशेष रुपान्तरण अभियान उत्साहजनक रुपमा प्रदेशभर अगाडी बढेको बताए ।

‘भदौं १६ गते देखि चलेको माओवादी केन्द्रको अभियान बिचमा तिज पर्वका कारण स्थगित भए जस्तो देखिए पनि हामी हामी त्यति बेला पनि जनता संगै रहेको र अभियानलाई अझ सशक्त बनाएर लैजाने गरी विभिन्न जिल्लाको सचिवालय बैठक राखेका हौं ’–उनले भने ।

नेता बरालका अनुसार लुम्बिनी प्रदेशका ९८३ वडाहरु मध्ये करिव ९ सय वडाहरुमा उद्घाटन देखि जनता संगका भेटघाट कार्यक्रम भईरहेको र त्यस क्रममा करिव एक हजार जना कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

२०६४ पछि पलायन भएका थुप्रै कार्यकर्ताले सो पार्टीको सदस्यता नविकरण गरेका छन । भेटघाटका क्रममा शहिद र बेपत्ताका परिवाजन र अन्य पार्टीमा गएकाहरु अंगोलो हाल्दै अश्रृधारा बगाउने गरेको नेता बरालले बताए । उनले भने –‘ संसंदिय अभ्यासमा आईसके पछि हाम्रो पार्टीका नेता कार्यकर्ता कहिन कहि प्रदुषित भएको पार्टीले महशुस ग¥यो । माओवादी जे हुनु पर्दथ्यो त्यो हुन नसकेको र जनसंबन्ध जे थियो त्यो टुटेको महशुस पनि ग¥ष्यो र यो तिन महिने अभियान छेडिएको हो । यसले हाम्रो जनसम्बन्ध पहिला कै जस्तो प्रगाढ हुने कुरामा कुनै दुई मत छैन । ’

राविलाई रोल्पा सिकाई स्थल

माओवादीको पकड रहेको जिल्ला रोल्पामा रास्वपा सभापति रवि लामिछाने यति बेला माओवादीको जनयुद्धलाई नकरात्मक असर पार्ने गरी प्रस्तुत भई रहेको पाईन्छ नि ? यसलाई कसरी लिनु भएको छ नि ? भन्ने प्रश्नमा नेता बरालले त्यस्लाई सकारत्मक रुपमा लिएको र उनलाई राजनीति गर्न र बिकास योजना बनाउन सिकाई केन्द्र बन्न सक्ने बताए ।

उनले भने –‘ सभापति रवि लामीछानेजीले रोल्पा भ्रमण गर्नु भाको छ । त्यसबाट माओवादी पार्टी खुशी र उत्साहित भएको छ । रोल्पा जिल्ला जनयुद्ध र पञ्चायत बिरोधी आन्दोलनको ऐतिहासिक आधार ईलाका हो ।

हामी रोल्पाको थप विकासको क्रममा छौं । यस कारण सबै राजनैतिक दल , पुर्व प्रधानमन्त्रीहरु प्नि त्यहाँ पुगुन भन्ने हामी चाहन्छौ । रोल्पाको विकास निर्माण र प्रगतिमा सबै लाग्नु पर्ने नै छ ।

जनयुद्ध देखि अहिले सम्म माओवादी त्यहाँको विकास निर्माणमा लागेको थियो । रविजी अहिले त्यहाँ पुगेर त्यहाँका थप समस्या बाहिर ल्याउनु सकरात्मक पक्ष हो । त्यसले माओवादीलाई कुनै नकरात्मक असर गर्दैन ।

त्यहाँको विकास निर्माण र अभाव समधान गर्नका लागि योजना बनाउन मद्दत गर्छ । रविजीले के महशुस गर्नु भए होला भने त्यस्तो विकट ठाउँमा माओवादी र त्यहाँको जनताले आफ्नै हातले कोदाले समातेर कसरी बाटो खने होलान् ?

कसरी त्यहीबाट जनयुद्धको रचना गरे होला ? कसरी त्यहाँको स्कुल स्कुल चलाएको होला । दाङ्ग देखि ति पहराहरु फोर्दै कसरी थबाङ्ग लगायतका स्थानमा मोटरबाटो पुराए होला ? कसरी त्यहाँका स्कुलहरु , अस्पताल , विद्युतिकरण , तटबन्धी , सिचाई आदि ईत्यादी विकास गरे होला ? भन्ने अध्यान पक्कै गर्नु भएकै होला ? त्यो अध्यानले उहाँलाई राजनति गर्न र आफ्नो निर्वाचन क्षेत्रमा विकास योजना बनाउन मद्धत पुग्ला । किनकी उहाँको निर्वाचन क्षेत्रमा पनि रोल्पामा जस्तै पछाडी परेका चेपाङ्ग समुदायहरु छन । ’

पत्रकार भेटघाट कार्यक्रममा सो पार्टीका गुल्मी जिल्ला संयोजक युवराज केसीले माओवादी केन्द्रको यस तिन महिने अभियानमा जिल्ला सबै पत्रकारहरुले समाचार सम्प्रेषण गरेर सहयोग गर्दै आएकोमा धन्यवाद दिदै सधैमा त्यस्तै सहयोगको अपेक्षा राखेको बताए ।

उनले गुल्मीमा तिन महिने अभियान पार्टी केन्द्रको उद्देश्य अनुरुपम सञ्चालन गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने जिललामा खटिएको केन्द्रिय नेता सहित प्रदेश कमिटी स्तरिय बैठक शनिबार सम्पन्न भएको जानकारी दिए । कार्यक्रममा केन्द्रिय सदस्यद्धयः कमल चुँदाली र बिरबहादुर कार्की लगायतका नेताहरु सहभागि थिए ।