गुल्मीमा एचआईभी संक्रमित १५ जना थपिए

In स्वास्थ्य/जीवनशैली
७ आश्विन २०८०, आईतवार १०:११

 

प्रेम सुनार 

गुल्मी असोज ७ ।  गुल्मीमा आर्थिक बर्ष २०७९ /०८० मा एचआईभी संक्रमितको संख्या थप १५ जना बढेको छ । त्यस मध्ये एउटि गर्भवती महिलामा पनि एचआईभी संक्रमण देखा परेको छ ।

जिल्ला जनस्वास्थ्य अधिकृत पशुपति आचार्यका अनुसार यो संगै जिल्लामा एचआईभी संक्रमितको संख्या १९९ जना पुगेको छ । उनिहरुलाई औषधि चलाईदै आएको आचार्यले बताए ।