काठमाडौं। जाडो महिनामा हामी तातो पानीले नुहाउँछौं। पानी ३२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा छाला र कपाललाई हानिपुर्याउछ। तातो पानीले नुहाउँदा छालामा रातोपना, –याशेज र एलर्जीको समस्या र छालालाई सुक्खा बनाउँछ । त्यसबाट छालाको संक्रमणको खतरा बढ्छ ।
छालारोग विशेषज्ञ अपूर्व जैनले धेरै बेफाइदाका बारेमा चर्चा गरेका हुन्। तातो पानीले कपालमा नराम्रो असर पार्नुको साथै कपालको मोइस्चर कम हुन्छ र कपाल रफ तथा ड्राई हुन जान्छ ।
हाम्रो शरीरमा तातो पानीका कारण सुक्खापन बढ्छ र चिलाउने समस्या आउँछ । तातो पानीले नुहाउँदा आँखा सुक्खा हुन्छ । आँखा रातो हुने, चिलाउने र पानीबाट आँसु बग्ने समस्या आउँछ । तातो पानीले हात र गोडाका नङमा खराब असर पार्छ । नङ भाँचिने, संक्रमण हुने र नङवरिपरिको छाला फाट्ने समस्या आउँछ ।
छालाको कोषिका क्षतिग्रस्त बनाउने पनि तातो पानीले गर्दा नै हो । तातो पानीका कारण छाला चाउरी पर्न थाल्नुका साथै रौं झर्ने र टुक्रिने समस्या आउँछ ।