मेरो प्रतिस्पर्धी देखेको, चिनेको छैन र छ जस्तो पनि लाग्दैन : प्रचण्ड

In राजनीति
२१ कार्तिक २०७९, सोमबार १३:५९

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा २ का गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखामा आफ्नो प्रतिस्पर्धी नै नभएको बताएका छन् ।
शुक्रवार बेलुका गोरखा संग्राहलयमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मतदातासँग भेट्दा आफ्नो प्रतिस्पर्धी नै नभेटेको बताए । ‘मेरो प्रतिस्पर्धी पत्ता लगाउन पनि सकेको छैन । देखेको पनि छैन । जहाँ गएँ । अस्ति ४४ वटा भेटघाट गरियो ।
आज पाँच ठाउँमा कोणसभा ग¥यौं । यो सबै कार्यक्रममा जाँदा प्रतिस्पर्धी भएजस्तो लागेको छैन । खाली परिणाम असाधारण उचाइमा लैजान भन्ने कुरामा यहाँको जनतासँग भेटघाटमा निरन्तर छु,’ प्रचण्डले भने ।