
‘करले होइन, रहरले गरिन्छ बिहे’
काठमाडौँ, मैतीदेवीकी प्रतीक्षा थपलिया २६ वर्षकी भइन्। उनी पनि बिहे गर्ने पक्षमा छैनन्। ‘बिहेका लागि घरबाट प्रेसर छैन,’ उनलेभनिन्, ‘तर, आफन्त र छिमेकीलाई टाउको दुखेर हैरान छ। बिहे त आफ्नो हिसाबले पो गर्ने त। अरूले प्रेसर दिएर गर्ने हो र ?’
झापाका रूपक अधिकारी (२९) लाई बिहे गर्नै मन छैन। ‘घरबाट ‘छोरा अब त बिहे गर्नुपर्यो’ भनेर कराइरहन्छन्,’ उनले भने, ‘म सधैँ अरूकुरा गरेर टारिदिन्छु। साथीभाइको देखेरै चेतिसकेँ। आफूले भनेको गर्न नपाइने, श्रीमतीले भनेअनुसार चल्नुपर्ने हुन्छ। त्यस्तो भएपछिकसले गर्छ बिहे ?’
ललितपुर, इमाडोल बस्ने भौतिक गोले (२८) घरमा बिहेको कुरा निस्कियो कि घरै छाडेर एकदुई हप्ताका लागि साथीको घर जान्छन्।‘मलाई अहिले बिहे गर्न मन छैन,’ उनले भने, ‘अझै पाँच–दश वर्ष बिहे गर्छुजस्तो लाग्दैन। पहिले आफू केही बनेर मात्र बिहे गर्छु।’ बिहेजुन उमेरमा गरे पनि केही फरक नपर्ने उनले बताए। ‘बिहे भनेको बुढेसकालमा गर्ने हो,’ उनले भने, ‘त्योभन्दा पहिला घुमघाम गर्नुपर्यो।आफ्नो जीवन बाँच्नुपर्यो।’
काठमाडौँ, बौद्धका मनिक घिसिङ (२६) लाई आफ्नो मनको आवाज सुनेर बिहे गर्नुपर्छ भन्ने लाग्छ। ‘मलाई घरबाट बिहे गर भनेरकराइरहनुहुन्छ,’ उनले भने, ‘तर, म उहाँहरूको कुरा नसुनेको जस्तो गरिदिन्छु। बिहे गरेपछि लाइफ ड्यामेज हुन्छजस्तो लाग्छ।’
महोत्तरीकी विमला तामाङ (२६) आफूलाई बिहे गर्न हतार नभए पनि समाजलाई बिहे गर्न हतार भएकोमा गुनासो गर्छिन्। ‘हाम्रो समाज नैयस्तै छ,’ उनले भनिन्, ‘छिटो बिहे गर्दा उत्ताउली भन्छ, ढिला बिहे गर्ने सोच बनाएर बस्यो ‘फलानाकी छोरी नबिक्ने भई’ भन्छ। हाम्रोसमाजमा महिलालाई हेर्ने दृष्टिकोण नै फरक छ।’ कतिपय महिलाले समाजको डरले बिहे गर्ने उनले बताइन्। उनलाई बिहे गर्नैपर्छ भन्नेलाग्दैन। ‘एक्लै पनि हाँसीखुशी जीवन कटाउन सकिन्छ,’ उनले भनिन्, ‘भन्नेले जेसुकै भनून्। समाजका मानिसलाई बिहे नगरेकी केटीकोआत्मनिर्भरता, स्वतन्त्रता र बलियो आत्मविश्वासमाथि ईष्र्या लाग्छ।’
मनोविश्लेषक वासु आचार्यका अनुसार उमेरमा बिहे नगर्ने र पछि बिहे गर्न खोज्ने युवालाई आफूलाई बुझ्ने जीवनसाथी भेट्न गाह्रो हुन्छ।‘उनीहरूलाई बुझ्ने वा उनीहरूसँग सोच मिल्ने मानिसको पहिल्यै बिहे भइसकेको हुन्छ,’ उनी भन्छन्। दुवै जना फरक–फरक वातावरण रसंस्कारबाट हुर्केर आएको हुनाले बिहेपछि एकअर्कालाई बुझ्नै चार/पाँच वर्ष लाग्ने उनी बताउँछन्। ‘३५ वर्षमा बिहे गरेको पुरुषलेश्रीमतीलाई बुझ्दा ४० वर्ष भइसकेको हुन्छ,’ उनी भन्छन्, ‘त्यहाँ माया–प्रेमभन्दा उराठपन बढी हुन्छ। मानिस बिहेलाई बोझ ठान्नथाल्छन्।’ धेरैले बिहे जीवनको बर्बादी ठान्ने उनी बताउँछन्। ‘बिहेले मानिसको जीवनलाई झन् सुमधुर बनाइदिन्छ,’ उनी भन्छन्, ‘त्यसकालागि ढंग चाहिन्छ। हाम्रोमा बिहे गरिसकेका मानिसले युवा पुस्तालाई गलत संस्कार सिकाइरहेका छन्। उनीहरू एकअर्कालाई बुझाउननसकेर झगडा गर्छन्। अनि, आफू ‘बिहे गरेर काम छैन’ भन्दै हिँड्छन्।’
बिहेपछि एकले अर्कालाई बराबरी साथ, सम्मान र सहयोग गर्नुपर्ने उनको तर्क छ। ‘बिहेपछि श्रीमती र छोराछोरीसँग पनि समयबिताउनुपर्छ,’ उनी भन्छन्, ‘तर, हामी बरु साथीभाइसँग अनावश्यक समय खर्च गरिरहेका हुन्छौँ। परिवारलाई दिन हामीसँग समय हुँदैन।बिहेपछि पनि जीवन जिउन जान्नुपर्छ। जान्यो भने त्योभन्दा रमाइलो जीवन अर्को हुँदैन।’