
नेकपा एमालेका गुल्मी जिल्ला सचिवालय सदस्य शेषकान्त गौतमले एमाले परित्याग गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस भएका तर अन्तिम समयमा टिकट नपाएका गौतमले सत्ता गबठन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीकी नेतृ तथा उम्मेदवार रामकुमारी झाँक्रीलाई मत दिने घोषणासहित एमले छोडेका हुन् ।
त्यहाँ एमालेका सचिव गोकर्ण विष्ट उम्मेदवार छन् ।
गौतमपनि उम्मेदवार सिफारिसमा भने परेका थिए । गौतमले विष्टले ०७४ मा निर्वाचन जितेर सेवा सुविधा र अवसरहरु लिएको जनप्रतिनिधिले आफनो जिम्मेवारी, दायित्व, हैसियत र नैतिकता विर्सिएर पार्टी र संसदमा खेलेको अक्षम्य भूमिका एउटा कंलकपूर्ण घटना भएको र आफनो पार्टीको बहुमतको प्रधनमन्त्री हटाउन सर्वाेच्च अदालतसम्म पुग्ने र पार्टी विभाजन गर्न समेत भूमिका विष्टले खेलेको र उनले आत्मआलोचना समेत नगरी पार्टीले टिकट दिएको विषय सहनशील विषय नभएको बताएका छन् ।
उनले पार्टी छोडेर रामकुमारीलाई मत दिने र मत दिन आग्रह् समेत गरेका छन् । गौत्म एमाले जिल्ला किमिटी सचिवालय सदस्य थिए । गोकर्ण विष्टसँगै गुल्मी २ बाट प्रतिनिधि सभा सदस्का लागि जिल्लाबाट सिफारिस भएका थिए । ०४९ को पाल्पा क्याम्पसका स्ववियु सभापति र अनेरास्वियुको पूर्व सचिव समेत रहेका नेता हुन् ।