
असोज ३१ गुल्मी ।
मदिरा सेवान गरेर दुव्र्यवहार गर्न खोज्ने एमाले कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ३हाडहाडेमा आइतबार साझ काङ्ग्रेसका समानुपातिक पदका उम्मेदवार त्रैलोक्य प्रताप सेन र प्रदेश ख का गठबन्धनका साझा उम्मेदवारमाओवादी केन्द्रका नेता बुद्धि जिसी सहितको टोली माथी हातपात भएको प्रहरीले जनाएको छ ।
हातपात गर्ने एमालेका कार्यकर्ता अन्दाजी २६ वर्षीय लेख बहादुर नगरकोटी र अन्दाजी वर्षीय ५६ टेक बहादुर नगरकोटीलाई इलाकाप्रहरी कार्यालय पुर्कोट दहले नियन्त्रणमा लिइएको छ । हिजै साझ प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको बताएको छ । यतागठबन्धनका साझा उम्मेदवार बुद्धि जिसीले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भए पछि एमाले अतालिएर भौतिक आक्रमणमालागेको प्रतिक्रिया दिएका छन् ।
आफुहरु संयमित हुँदा पनि एमालेका कार्यकर्ता मदिरा सेवन गरेर आफूहरु माथी भौतिक आक्रमण उत्रनु दु:खद रहेको काङ्ग्रेसका नेतात्रैलोक्य प्रताप सेनले बताए । साथै आफुहरुले प्रयोग गर्दै आएको बा १६ च ४०८ नम्बरको सवारीमा क्षेती पुराएको भन्दै त्यसकोक्षेतीपुर्तीको माग गर्दै कानुन उपचारका लागि अगाडि बढ्ने गठबन्धनका नेताहरूले बताएका छन् ।