571 views 0 secs 0 comments

तीन हप्ताभित्र नयाँ सरकार बन्छः महरा

In देश, राजनीति
७ पुष २०७४, शुक्रबार १२:३७

७ पुस, काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तीन हप्ता भित्र नयाँ सरकार बन्ने बताएका छन् ।

दाङमा शुक्रबार विहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता महराले सरकार गठन गर्नका लागि प्रतिनिधिसभा सदस्य भए पुग्ने भएकाले तत्कालै सरकार गठन प्रक्रिया सुरु हुने बताए ।

निर्वाचन आयोगले समानुपातिक सिट घोषणा गरे लगत्तै सरकार गठन प्रक्रिया सुरु हुने भन्दै महराले आयोगले समानुपातिक सिट घोषणाको समेत अन्तिम तयारी गरेकाले तीन हप्ताभित्रै सरकार गठन भइसक्ने दावी गरे ।

‘कुनै अबरोधले भूमिका खेलेन भने अबको तीन हप्तामा नयाँ सरकार बन्छ,’ महराले भने, ‘नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्य भए पुग्छ ।’

यसैबीच, पत्रकार सम्मेलनमा बोल्दै नेता महराले प्रदेश ५ को राजधानी दाङमै हुने दावी गरेका छन् । दाङकै पक्षमा बहुमत भएको दावी गर्दै महराले राजनीतिक सहमतिका आधारमा दाङ नै राजधानी घोषणा हुने दावी गरे ।

प्रदेश ५ को जिल्लाको समग्र विकासका लागि दाङलाई नै केन्द्रविन्दू बनाउनु पर्ने भन्दै महराले हरेक हिसावले दाङ नै उचित भएको बताए ।