गोरखा : प्रतिनिधिसभा क्षेत्र नम्बर २ शुक्रबार बिहानसम्म मतपरिणाममा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ भन्दा १२ सय मतले अघि छन्। बिहान ११ बजे सार्वजनिक मत परिणाम अनुसार भट्टराईले ७५२० मत ल्याएका छन् भने श्रेष्ठले ६३०४ मत ल्याएका छन्। गोरखा क्षेत्र नम्बर २ मा मंसिर १० गते भएको निर्वाचनमा ६० हजार २ सय ९ मत खसेको छ। जिल्ला समन्वय समितिमा शुक्रबार साँझदेखि मतगणना सुरु गरिएको हो।
Read more at: http://thahakhabar.com/news/27815
Read more at: http://thahakhabar.com/news/27815