653 views 0 secs 0 comments

बेपत्ता मतदान अधिकृत सम्पर्कमा आए

In देश, राजनीति, समाज
१२ मंसिर २०७४, मंगलवार १५:२५

 

बाजुराः जिल्लाको उत्तरी भेगको पाण्डवगुफा गाउँपालिका–४ स्थित मालिका मावि बाङपानीका मतदान अधिकृत प्रेमराज गिरी सम्पर्कमा आएका छन्।

सोमबार मतपेटिकासँगै पोरखे काँधसम्म आएका अधिकृत गिरी एक्कासी सम्पर्कविहीन भएका थिए। मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्ने ठाउँमा उपस्थित नभएपछि उनको खोजी गरिएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

अधिकृत गिरी मंगलबार बिहान सम्पर्कमा आई मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको वलीले जानकारी दिए। मतदान अधिकृत गिरी जैतुन कार्यालय कोल्टीका कर्मचारी हुन्।