
नेपाली बैंकको एटीएम प्रणाली ह्याक गरेको प्रकरणमा आइतबार विमानस्थलबाट पक्राउ परेका चिनियाँ नागरिक सु लुक्लीलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
उच्च अदालत, पाटनले बैंकिङ कसूर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि ६ दिन म्याद दिएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले भने, ‘आइतबार साँझ पक्राउ परेपछि सोमबार १० बजे अदालत उपस्थित गराएर अनुसन्धानका लागि म्याद मागेका थियौं ।’
उनका अनुसार दिउँसो पक्राउ परेका ठमेलको डेक्सो मनी एक्सचेन्जका सञ्चालक सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीविरुद्ध पनि अनुसन्धान गर्न ६ दिन अनुमति प्राप्त भएको छ ।