एजेन्सी। भर्खरै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि नयाँ सरकारको गठनको तयारी भइरहेका बेला छिमेकी देश भारतमा पनि चुनाव उत्कर्षमा छ । यहाँ भइरहेको चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातमा निकै रमाइलो दृश्य देखिएको छ ।
यहाँ ५२ वर्षकी बुहारीले आफूभन्दा १७ वर्ष कान्छी ३५ वर्षकी सासुले दिएको धम्कीको बेवास्ता गर्दै चुनावमा गएर जीत हासिल गरेकी छिन् ।गुजरातको पंचमहाल जिल्लाको कलोट निर्वाचन क्षेत्रबाट भाजपाकी सुमनबेनले जीत हासिल गरेकी हुन् । सुमन बीजेपी सांसद प्रभात सिंहकी बुहारी हुन् । यो क्षेत्रमा टिकटको लागि प्रभात सिंहकी कान्छी पत्नी पनि दावेदार थिइन् ।
तर प्रभात सिंहले पत्नी रंगेश्वरीलाई बेवास्ता गर्दै बुहारीलाई टिकट दिए । टिकट नपाएपछि रंगेश्वरीले पति प्रभात सिंहलाई धम्की दिँदै म्यासेज लेखेकी थिइन् । बुहारी सुमनबेनलाई टिकट दिएपछि रंगेश्वरीले फेसबुकमा ‘प्रभातसिंह आमाको दूध खाएको भए कलोल प्रचार गर्न आउ’ भन्दै धम्कीपूर्ण पोस्ट लेखेकी थिइन् ।