मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको छ – बम बहादुर कार्की

In सूचना-प्रबिधि
३ आश्विन २०७९, सोमबार २३:२६

असोज , पाल्पा

नेपाल नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता सीजन को समापनगरीएको लोक दोहोरीका पिता बम बहादुर कार्कीले कार्यक्रमको समापन गर्नुभयो

विजेता प्रतियोगिहरुलाइ पुरस्कार बितरण गर्दै लोक दोहिरीका पिता कार्कीले मेरो ईतिहासमा अर्को एउटा शब्द थपिएको इतिहासमापहिलो पृथकनेपाल नेपालीको पहिलो अनलाइन लोकदोहोरी प्रतियोगिताˮ भनेको सुन्दा निकै खुशी भएको छु उहाँले थप्नुभयोअनलाइन प्रविधिको माध्यामवाट पनी प्रतियोगिता सफल वनाएकोमा आयोजकलाइ धन्यवाद दिन चाहान्छु

प्रतियोगितामा विभिन्न चरण पार गरेर नारायण पौडेल विमला सुनुवारको जोडीले प्रथम स्थान हासिल गरेका छन् वसन्त तिमिल्सेना संगिता तामाङको जोडी द्वितीय भएका छन् यस्तै दिलु मगर लक्ष्मण घिमिरेको जोडीले तृतिय स्थान हासिल गरेका छन् लोकदोहोरीको इतिहासलाइ सम्झिदै विजयी कलाकारलाइ शुभकामना दिनुभयो विजयी हुने प्रथम जोडीले ५० हजार द्वितीय जोडीले ३०हजार तृतिय हुने जोडीले नगद २० हजार सहित प्रमाणपत्र तथा सिल्ड प्राप्त गरेका छन्

गत वैशाख देखि आयोजित अनलाइन लाइभ लोकदोहोरी प्रतियोगितामा ५० जोडीको सहभागिता रहेको थियो कार्यक्रममानिर्णायकको भुमिकामा लोक श्रजक तथा गायक रामचन्द्र चन्द, सुर्य खड्का गायिका टिका सानु रहनुभएको थियो

आयोजकवाट कार्यक्रम निर्देशक संजय पौडयाल, निर्माता विश्वास आचार्य, कार्यक्रम संयोजक कमल पन्थी, कार्यक्रम प्रस्तोता दिनेशगौतम, परिकल्पनाकार तथा अवधारणा, भाका चयन, बिषयबस्तु निर्माण, तथा अतिथि आह्वानको लागि सहजकर्ता को भुमिका निर्वाहमाहेमनाथ खराल भबिन्द्र गौतम को अध्यक्षतामा प्रतियोगिता चलेको थियो

गोर्खाली भ्वाइसको कार्यालय स्थापना

जेएन सनराइज मिडिया प्रा.लि.द्वारा सञ्चालित गोर्खाली भ्वाइस डट कमको काठमाडौं स्थित डिल्लिबजारमा सम्पर्क कार्यालयकोऔपचारिक समुद्घाटन भएको लोकश्रस्टा, सर्जक, संस्कृतिबिद लोकगायक बम बहादुर कार्कीबाट रिवन काटी सञ्चार गृहकोस्थापना गरेको प्रा.लि को रजिष्ट्रड कार्यालय पाल्पाको तानसेनमा रहेको

ईतिहासमा पहिलो कार्यक्रम

जेएन सनराइज मिडिया प्रा.लि. को आयोजनामा सञ्चालन भएको गोर्खालिभ्वाईस लोक दोहोरी प्रतियोगिता अनलाइन माध्यामवाटआयोजना भएको पहिलो कार्यक्रम भएको लोकगायक बम बहादुर कार्कीले वताउनुभएको कार्कीले भन्नुभये मेरो ईतिहासमा अर्कोएउटा शब्द थपिएको जो नेपाल नेपालीको पहिलो अन्लाईन प्रतियोगिता भन्ने सुन्दा निकै खुशी भएकोछु

प्रतियोगिता भनेकै हारजित सँगै अनुभव बटुल्नको लागि गर्ने गरिन्छ टाइटल कसले लग्यो भन्दा महत्वपूर्ण कुरा मैले के सिकें जोभबिस्यमा मलाइ काम लाग्छ भन्ने हो। यदि ऐतिहासिक दोहोरी प्रतियोगीता जितेको कलाकार ले भबिस्यमा आफुलाई थप दक्ष अनुभवी बनाउदै लगेन भने आफु मात्र होइन आयोजक, निर्णायक तथा हजारौं शुभ चिन्तक हरुको मनमा पनि बिझाउने तर फाइनलमानपुगेका कलाकार हरु मद्धे बाट कसैले यहाँ बाट सिकेर अन्य प्रतियोगिता हरुमा बिजेता बन्दै निरन्तर अभ्यास गरेर कुसल श्रजक गायकबन्न सक्दछ भने सबैको मन जित्दै रास्ट्र को बिभुती बन्न सक्ने सम्भावना रहन्छ प्रतियोगीहरुलाई हार्दिक बधाई तथा उत्तरोत्तरसाँगितिक प्रगतिको लागी अनन्त शुभकामना।