
प्रेम सुनार
गुल्मी , असोज ८ ।
बिरामी परेर औषधि किन्न गुल्मीको सदरमुकाम तम्घासमा सर्वसाधारण सङ्गै जिप चढेर आएका इस्मा गाउँपालिका पुर्व अध्यक्ष लक्ष्मण बिष्ट जिल्ला प्रशासन अगाडीको बाटो हुँदै घरतिर फर्किदै थिए । कपडाको सामन्य झोला भिरेर लुखरलुखरु हिड्दै अगाडि बढेका उनलाई पछ्याउँदै जाद उदिनढुङ्गा जिपपार्क सम्म भेटाईयो ।
आखिर उनी फर्किदा पनि त्यही भाडाको जिप चढ्न त्यहाँ सम्म हिडेर आएका रैछ्न । किन आउनु भाको थियो नि ? भन्ने प्रश्नना उनको जबाफ थियो औषधि किन्न पनि थियो र पार्टी कार्यालयमा पस्ने काम पनि थियो ।
यत्तिको मान्छेलाई कमसेकम एउटा गाडी त चाहिन्छ सर भनेर सुझाव दिदा उनले भने गाडी चढ्न त भ्रष्टाचार गर्नु पर्थ्यो त्यो मनले मान्दैन यसै ठिक छ ।
मुसिकोट नगरपालिकाका पुर्व मेयर सोमनाथ सापकोटाका बुढबुढी पनि गुईगुई हिडेको देखिन्छ । मेरो १२ बर्ष अघि नै किनेको मोटरसाइकल त छ तर छोटो दुरिमा हिड्नै मन पर्छ सापकोटाले भने । मदाने गाउँपालिका पुर्व अध्यक्ष दानबहादुर केसि पुनः आफ्नै शैक्षिक पेशामा फर्किए । अर्जुन आवासिय माध्यमिक बिध्यालय तम्घासका संस्थापक केसि पनि चप्पल लगाएर बजारमा हिडेको देखिन्छ्न ।
उता कालीगण्डकीका बर्तमानमा समेत गाउँपालिका अध्यक्ष समेत रहेका वेद बहादुर थापा टाढै जान परे मात्र सरकारी गाडिको प्रयोग गरेको भेटिन्छन । हातमा लौरो असिना पसिना हुँदै उकाली ओरालीको यात्रा थापाको बिध्यार्थी राजनिती काल देखि कै बिशेषता भन्छ्न उनलाई नजिक बाट चिन्नेहरु । गुल्मीको हकमा एकधा बाहेक पुर्व पालिका अध्यक्षहरुको मोटरसाइकल समेत नभएको पाईन्छ । बर्षौ देखि किराना पसले भएकोले सत्यवती गाउँपालिका पुर्व अध्यक्ष पारिश्वर ढकालको मोटरसाइकल उति बेलै देखि थियो ।
रेसुङ्गा नगरपालिकाका पुर्व मेयर तथा बर्तमान प्रदेश सासद डिल्लिराज भुसालको गाडी चढ्ने आर्थिक हैसियत जमना देखि थियो र छ । दोस्रो कार्यकालमा समेत धुर्कोट गाउँपालिका अध्यक्ष रहेका भुपाल पोख्रेल अहिले सम्म आफ्नो निजि मोटरसाइकल नभएको बताउछ्न । सरकारी गाडी चढ्ने अबधी अझै चार बर्ष छ क्यारे उनले भने अबधी सकिए पछि गाडी त किन्न सकिन्न मोटरसाइकल सम्म त किन्नै पर्लानी उनले भने ।
मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा प्राय बुटवल बस्छ्न । उनी सङ्ग सम्पर्क हुन नस्क्दा सबारी साधन के प्रयोग गर्छ्न भन्ने बारे भन्न सकिएन । निजि गाडी चढ्ने पहिल्लै हैसियत बनाएका गाउँपालिका अध्यक्ष हुन छत्रकोटका रामप्रसाद पाण्डे र मालिकाका देविराम अर्याल । रुरुक्षेत्रका पुर्व गाउँपालिका अध्यक्ष निलकण्ठ गौतम जिल्लाका सबै भन्दा जेष्ठ उमेरका पालिका पुर्व अध्यक्ष हुन । ६० बर्ष सम्म हिडेरै राजनिती गरियो , मोटरसाइकल त चाहिने हो क्यारे तर चलाउनै न जनेसी के किन्नु उनले भने घरै खेतिकिशान गर्या छ तर छोरा छोरा छोरी बाहिर बस्ने भएकोले अलिकति मात्रै गरेको छु धेरै जमिन बाझिएको छ । एमाले गुल्मीमा आफू भन्दा पाको उमेरका नेता अरु नभएको दावी गर्ने गौतम ७८ बर्षका भए । छत्रकोटका पुर्व अध्यक्ष मधुकृष्ण पन्तले पालिका प्रमुख नहुनु अघि मोटरसाइकल चलाएको देखिन्थ्यो आजकल भने अरुको पछाडी बसेर हिडेको देखिन्छ ।