40 views 0 secs 0 comments

रोल्पाका जनप्रतिनिधिहरु गुल्मी भ्रमणमा

In समाज
८ आश्विन २०८०, सोमबार ०८:२६

बासुदेव  पोखरेल 
धुर्कोट  ,  असोज  ८  ।  रोल्पाका  जनप्रतिनिधिहरु  गुल्मीको  धुर्कोट  गाउँपालिका  लगायतका  स्थानको  भ्रमणमा  आई पुगेका  छ्न  ।
सोमबार धुर्काेट गाउँपालिकाकाे सभाहल बर्बाेट गुल्मीमा रोल्पाको   रोल्पा नगरपालिका र सुनिलस्मृती गाउँपालिकाबाट अध्ययन अवलाेकन  भ्रमणमा  आएका जनप्रतिनिधि तथा कर्मचारीहरुको धुर्कोट  गाउँपालिकले  स्वागत  तथा अनुभव आदानप्रदान कार्यक्रम आयोजना  गरि  पालिका  भित्रका  धार्मिक  र  पर्यटकिय  क्षेत्रको  अबलोकन गराएको  थियो  ।
कार्यक्रममा धुर्काेट गाउँपालिका अध्यक्ष भुपाल पाेखरेल, रोल्पा नगरपालिकाको उप-प्रमुख गिता आचार्य, धुर्कोट गाउँपालिका उपाध्यक्ष सीता गिरी, सुनिलस्मृति गाउँपालिका उपाध्यक्ष मिना थापा, मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल, रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी, धुर्कोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी, रोल्पा नगरपालिका, सुनिल स्मृति गाउँपालिकाका तथा धुर्कोट गाउँपालिकाका जनप्रतिनिधी, कर्मचारी लगायतको उपस्थितिमा अनुभव आदानप्रदान कार्यक्रम सम्पन्‍न भएको थियो।
भ्रमण  टोलि  नवनिर्मित  सहिद शम्शेर बहादुर  स्मृती पार्कको  सुन्दरता  देखेर  निकै  रमाउदै  भन्दै  थिए  कति  सुन्दर  हो  ?  कहाँका  सिकर्मी  डकर्मिहरुले बनाएका  हुन भनेर  प्रश्न  गर्दै  थिए ।  जवाफमा  पालिका प्रमुख  पोखरेलले  भने  प्यागोडा शैलीमा  निर्मित  यसपार्क  भक्तपुरे  मिस्त्रीहरुको  डिजाईन  त्यहीका  इटा  लगायतका  वस्तु कलाले  निर्मित  हो ।  उनिहरु  ऐतिहासिक धुर्कोट  कोट  र त्यस  वरिपरिको   निर्माणधिन  ग्रेटवाल पनि  अभिरुचिपुर्वक  अवलोकन  गरे  ।  उनिहरु  त्यहाँको  विचित्र  गुफाको भ्रमण  सकेर  गुल्मीको  प्रशिद्ध  रेसुङ्गा  धार्मिक  क्षेत्रको  दर्शनमा  हिडेको पालिका प्रमुख पोखरेलले बताए  ।