Home > Articles posted by NewsDesk (Page 88)
FEATURE
on २२ माघ २०७६, बुधबार १०:४३
494 views 0 secs

इलाका प्रहरी कार्यालय, गढवाले सत्तरी क्युफिट अवैध सालको काठ बरामद गरेको छ । प्रहरीले बुधबार राति करिब एक बजे दाङको राजपुर गाउँपालिका–१, माररीखोला बुकी डाँडा सामुदायिक वनबाट अन्दाजी ७० क्युफिट अवैध सालको काठ बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरतसिंह राठोरले जानकारी दिए । बुकीडाँडा सामुदायिक वनभित्रबाट काठ निकाल्न लागेको सूचनाका आधारमा पुगेको काठ […]

FEATURE
on २१ माघ २०७६, मंगलवार १७:२३
514 views 0 secs

प्रहरीले मोरङको विराटनगर-१७ स्थित रानीभन्सार गेट नजिकैबाट अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य कटिहार ग्रामपञ्चायत वडा नं. २० बस्ने ६२ वर्षीय चन्दन भौमिक रहेका छन् । अवैध रूपमा भन्सार छलेर नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको दुई वटा सुनको चुरासहित उनी पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता […]

FEATURE
on २१ माघ २०७६, मंगलवार १६:५८
618 views 0 secs

जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ । प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी श्रीमती ४५ वर्षीया भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए । आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेका छन् । सोमबार राति १० : ३० बजे गोठमा आगलागी […]

FEATURE
on २१ माघ २०७६, मंगलवार १५:३९
729 views 0 secs

चीनको वुहानबाट देखापरेको कोरोना भाइरसको संक्रमणले उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीहरुले दुःख व्यक्त गरेका छन् । होटल संघ नेपाल (हान) र नेपाल भ्रमण वर्ष सचिवालय २०२० ले संयुक्त विज्ञप्तिमार्फत अफ्ठ्यारो परिस्थितिसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै दुःख व्यक्त गरेका हुन् । हानका अध्यक्ष सृजना राणाले भ्रमण वर्षको सुरुवाती महिनामा केही चिनियाँ पर्यटकहरु कम […]

FEATURE
on २१ माघ २०७६, मंगलवार १२:०५
529 views 0 secs

महानगरीय प्रहरी वृत्त कालीमाटीले लागूऔषध चरेससहित नागर्जुन नगरपालिका स्युचाटारबाट एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मकवानपुर थाहानगपालिका–७ हाल नागर्जुन नगरपालिका स्युचाटार डेरा गरि बस्ने ५४ वर्षीय कुमार भन्ने रामबहादुर थापालाई उनकै डेराबाट पक्राउ गरिएको हो ।  कालिमाटी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक रूगँम कुँवरले विगत लामो समयदेखि चरेस तस्करीको काम गर्ने मकवानपुरको […]

FEATURE
on २० माघ २०७६, सोमबार १७:४१
547 views 0 secs

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालविरुद्ध ५ मुद्दा दायर गरेको छ । आयोगले सोमबार रिजालविरुद्ध ५ वटा मुद्धा दायर गरेको हो । रिजालविरुद्ध ४ वटा घुस लिएको र अर्को अनुगमनमै नगई भत्ता बुझेको आरोपमा मुद्धा दायर भएको छ ।  यसअघि एक अभियुक्तसँग धरौटीमा रिहा गर्न घुस मागेको आरोप लागेपछि रिजाल […]

FEATURE
on २० माघ २०७६, सोमबार १७:२५
673 views 0 secs

विदेश भाग्न लागेका एक बलात्कार आरोपीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । धादिङको गजुरी गाउँपालिका ८ का कृष्ण भनिने हेमन सिंह बस्नेतलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार उनलाई पक्राउ गरेको हो ।  ८ महिनाअघि उनले गजुरीकै स्थानीय एक १६ वर्षे युवतीलाई घरमा सुतिरहेको बेला बलात्कार गरेको प्रहरीले जनाएको छ । त्यतिबेला स्काभेटर चालकको […]

FEATURE
on २० माघ २०७६, सोमबार १७:१०
585 views 0 secs

कपिलवस्तुको शिवराज नगरपालिका वडा ५ खैरीमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्यााक्टर चालक शिवराज नगरपालिका २ हेलवाडिया बस्ने अन्दाजी ५० बर्षको भोला भनिने हर्कमान चौधरीको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ । पूर्वबााट पश्चिमतर्फ जाँदै गरेको लु १त ७२६६ नम्बरको ट्याक्टर अनियन्त्रित भइ घरको […]

FEATURE
on १७ माघ २०७६, शुक्रबार १४:२९
626 views 1 sec

गोरखामा टिप्परको ठक्करबाट एक जना महिलाको ज्यान गएको छ । गोरखा नगरपालिका १० छेवेटारमा रहेका गोरखकाली क्रसर उद्योग परिसरमा त्यही क्रसरको टिप्परले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया मनमाया तामाङको ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) वासुदेव खड्काले जानकारी दिनुभयो । बिहान दुध बेच्न हिँडेकी महिलालाई टिप्परले ठक्कर दिएको र महिला लडेपछि टिप्पर ‘ब्याक’ गरेर किचेको प्रत्यक्षदर्शीले बताएका छन् । टिप्परको […]

FEATURE
on १७ माघ २०७६, शुक्रबार १३:५०
588 views 0 secs

सिन्धुलीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । पूर्वबाट काठमाण्डौतर्फ आइरहेको स १ च १००९ नम्बरको जीप सिन्धुलीको खनियाँखर्क र गढीको बीचमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको र एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।