592 views 0 secs 0 comments

गोठमा आगलागी हुँदा एक महिलाको मुत्यु…

In समाज
२१ माघ २०७६, मंगलवार १६:५८

जुम्लाको कनकासुन्दरी गाउँपालिका-२ मालिकाबोतामा आगलागी हुँदा एक महिलाको मुत्यु भएको छ ।
प्रेम ऐडीको एकतले गोठमा आगलागी हुँदा उनकी श्रीमती ४५ वर्षीया भेटेनी ऐडीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।
आगलागीबाट एक गोरु र एक कुखुरासमेत जलेका छन् । सोमबार राति १० : ३० बजे गोठमा आगलागी हुँदा ऐडी गोरु फुकाउन जाँदा निस्सासिएर मुत्यु भएको प्रहरीले जनाएको छ ।