भारतबाट नेपालतर्फ भित्र्याइँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् । सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनका साथबाट २८८ वटा नाइट्रोभेट ट्याब्लेट, ११ एम्पुल लुपिजेसिक, ३० एम्पुल फेनारगन, ३१ […]
सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ । सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा आएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको हो । आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नंको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए । उनले इलाका […]
बुटवलमा एक जना प्रहरी सहायक निरीक्षक असई पाँच हजार घुससहित पक्राउ परेका छन् । प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भइ हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत असई सूर्यबहादुर अधिकारीलाई बुटवल उपमहानगरपालिका-८ ट्राफिक प्रहरी पोष्ट रामनगरबाट अख्तियारले घुससहित पक्राउ गरेको हो । विभिन्न बहाना बनाएर टिपर रोकेर चालकलाई डर त्रास देखाइ आवत जावतमा सहजीकरण गरिदिने […]
प्रहरीले करणी उद्योगको आरोपमा काठमाडौंको एक पुनस्थापना केन्द्रका सुरक्षा गार्डलाई पक्राउ गरेको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ मा रहेको हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रका सुरक्षा गार्ड २५ वर्षका विशाल भन्ने रमेशप्रसाद वाग्ले पक्राउ परेका हुन् । पुनर्सथापना केन्द्रका उउपचारका लागि आएकी युवतीलाई एकान्तमा बोलाई सम्झाउने बाहनामा अश्लिल हर्क गर्ने, संवेदनशील अंग समाई पीडित बनाउने गरेको […]
चर्चित गायक तथा सर्जक गणेश अधिकारीले एक पछि अर्को गर्दै विभिन्न सकारात्मक सन्देश दिने गीतहरु सार्वजनिक गरेका छन् । जुन गितको गीतको अडियो र भिडियो निकै उत्कृष्ठ बनेको छ । जुन गितक १ हप्तामै ५ लाख बढिको नजरमा पुगेको छ बैदेशीक रोजगारको विषयलाई लिएर तयार पारिएको सो गीतलाई स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने गीतलाई […]
थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै घुस लिएको आरोपमा अधिवक्ता पक्राउ परेका छन् । माइतीघरस्थित जन न्यायिक कानुनी सेवामा कार्यरत अधिवक्ता टंकबहादुर राना मगरलाई ठगीको आरोपमा पक्राउ गरिएको हो । उनले नख्खु कारागारमा रहेका रमेश दाहाललाई भनसुनमा छुटाइदिन्छु भनेर पीडित परिवारसँग ४२ लाख रुपैयाँ घुस लिएको प्रहरीको दाबी छ । दाहाल राजस्व चुहावटको आरोपमा २७ मंसिर […]
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा शुक्रबार गोठमा आगलागी हुँदा १० वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा १० वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षकले जानकारी दिए । घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको […]
चितुवाको आक्रमणमा परी पोखरामा एक बालिकाको मृत्यु भएको छ । बिहीबार राति पोखरा महानगरपालिका–३२ कोठेगाउँका नौ वर्षीया पूजा विकलाई चितुवाले आक्रमण गर्दा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकले जानकारी दिए । दीपक र अप्सरा विकले छोरी खेलेर घर नफर्किएपछि साँझ खोजी गर्नु गएका थिए । जनताको चौतारास्थित प्रहरी चौकी र स्थानीयवासीले खोजी गर्ने […]
बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन छन् ।म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङ्गको बुङ्गातर्फ जाँदै गरेको ग […]
गुल्मीमा दुई बेग्ला बेग्लै बलात्कार काण्डमा चार जना पक्राउ परेका छन् । माघ १२ गते दिउँसो करिव १ बजेको समयमा ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरमा ६८ बर्षीया बृद्धालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय स्थानीय भिमप्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, मुसिकोट नगरपालिका–७ बडिगाड खोलाको डल्लेनहरमा माघ १९ गते स्थानीय १५ वर्षीय किशोरीलाई […]