769 views 0 secs 0 comments

बाग्लुङमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु…

In समाज
२४ माघ २०७६, शुक्रबार १२:०६

बाग्लुङको तमानखोला गाउँपालिका ३ बुलबुलेमा जन्ती सवार ट्याक्टर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार म्याग्दीको मालिका गाउँपालिका २ का २१ वर्षीया रीता पुन, सोही ठाउँकी ५२ वर्षीया मन कुमारी पुन र ५७ वर्षीय ओम प्रकाश पुन छन् ।म्याग्दीको मालिकाबाट ३५ जना जन्ती लिएर बाग्लुङ्गको बुङ्गातर्फ जाँदै गरेको ग १ त ५७६२ नम्बरको ट्याक्टर बिहीबार साँझ पौने ७ बजेतिर दुर्घटना भएको थियो ।दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जना उपचारपछि घर फर्केका छन् भने ३ जनाको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।