569 views 0 secs 0 comments

इटहरीमा बम विस्फोट, चार जना घाइते

In देश, राजनीति, समाज
१४ मंसिर २०७४, बिहीबार १३:४५

इटहरी :  सुनसरीको इटहरीमा बिहीबार बिहान बम विष्फोट हुँदा चार जना घाइते भएका छन्। इटहरीस्थित भलाद्मी टोलमा भएको विष्फोटमा परी कुमारी कटुवाल, योमन न्यौपाने, सम्रिना अधिकारी र धनबहादुर श्रेष्ठ घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

नजिकैको काँग्रेस सभालाई लक्षित गरेर विष्फोट भएको बताइएको छ। घाइतेहरुलाई उपचारको लागि इटहरीस्थित सामुदायिक अस्पताल लगिएको छ। विष्फोट कसले गरायो भन्ने खुलिसकेको छैन। विष्फोटको लागि सुतली बम प्रयोग भएको बताइएको छ।