
बुटवलमा एक जना प्रहरी सहायक निरीक्षक असई पाँच हजार घुससहित पक्राउ परेका छन् ।
प्रहरी चौकी खिदिम, अर्घाखाँची दरबन्दी भइ हाल ट्राफिक प्रहरी पोष्ट रामनगर, बुटवलमा कार्यरत असई सूर्यबहादुर अधिकारीलाई बुटवल उपमहानगरपालिका-८ ट्राफिक प्रहरी पोष्ट रामनगरबाट अख्तियारले घुससहित पक्राउ गरेको हो । विभिन्न बहाना बनाएर टिपर रोकेर चालकलाई डर त्रास देखाइ आवत जावतमा सहजीकरण गरिदिने भन्दै घुस लिएको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा यसअघि पनि अधिकारीले पटकपटक घुस लिइसकेको उजुरी परेको थियो ।