
पोखरामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को चुनावी सभानजिकै विस्फोट भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको प्रदशर्नी केन्द्रनजिकै शंकास्पद बस्तु विस्फोट भएको कास्की प्रहरीले जानकारी दिनुभयो । विस्फोट भएको बस्तु बम नै भएको भने पुष्टि नभएको प्रहरीले बताएकाे छ ।
विस्फाेटबाट मानवीय क्षति भने भएकाे छैन । विस्फोटबाट पार्किङ गरिराखेको ग १ ख ८८९१ नम्बरको नगर बसमा क्षति पुगेको छ । घटनास्थलमा प्रहरीले निरीक्षण गरिराखेको छ । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।