
कैलाली टीकापुरबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
टीकापुर नगरपालिका-९ स्थित खक्रौला सडकखण्डमा भारतबाट ल्याउँदै गरेको ३० ग्राम ९०० मिलीग्राम खैरो हिरोइनसहित प्रहरीले लम्कीचुहा नगरपालिका १ भुरुवाका २४ वर्षीय चन्दबहादुर बुढा र सोही ठाउँका २२ वर्षीय रमेश शाहीलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।