580 views 0 secs 0 comments

वसुन्धरामा मारुती भ्यानको चालकमाथि छुरा हानेर फरार २ जना पक्राउ…

In समाज
४ फाल्गुन २०७६, आईतवार १२:१६

काठमाडौंको वसुन्धरामा मारुती भ्यानको चालकमाथि छुरा हानेर फरार २ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त, महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव कुँवर र रावल श्रेष्ठ शिल्पकार छन् । कुवर र शिल्पकारले गत माघ २४ गते बिहान बा २१ च ९६१८ का मारुती भ्यानका चालक खिलबहादुर रानामाथि वसुन्धरामा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते रानाको अवस्था गम्भीर छ । महानगरीय प्रहरी वृत्तका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ परेका कुँवर र शिल्पकारविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएकाे छ ।