472 views 0 secs 0 comments

मोटरसाइकल चोरेर फरक नम्बरप्लेट राखेर प्रयोग, ४ मोटरसाइकल बरामद…

In देश
४ फाल्गुन २०७६, आईतवार १३:४९

काठमाडौंको बालाजु र थानकोटबाट चोरी भएका मोटरसाइकलहरु काठमाडौं र धादिङका बिभिन्न स्थानबाट बरामद गरी ट्राफिक प्रहरीले सार्वजनिक गरेको छ । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चोरी भएका मोटरसाइकल र चोरीमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको जानकारी दिएको हो । प्रहरी उपरीक्षक तथा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले मोटरसाइकल हराएको उजुरी परेपछि अनुसन्धानका क्रममा काठमाडौं र धादिङका विभिन्न स्थानबाट चारवटा मोटरसाइकल फेला पारेको बताए । उनले मोटरसाइकल चोरी गरी कारोबारमा संलग्न तथा प्रयोग गर्नेलाई समेत पक्राउ गर्न सफल भएको बताए । प्रहरी उपरीक्षक श्रेष्ठले फेला पारेका मोटरसाइकलहरु थानकोट तथा बालाजु क्षेत्रबाट हराएको बताए । मोटरसाइकल चोरी गरी फरक नम्बरप्लेट राखेर प्रयोग गरिरहेको अवस्थामा बरामद भएको उनले बताए ।