616 views 0 secs 0 comments

गोदावरीमा स्काभेटरले ढुंगा निकाल्दा लागेर कामदारको मृत्यु

In देश, शिक्षा, समाज
११ मंसिर २०७४, सोमबार १३:५७

ललितपुरको गोदावरी नगरपालिका रानागाउँमा स्काभेटरले ढुंगा निकाल्दा लागेर एक कामदारको मृत्यु भएको छ।

डोकोमा ढुंगा थाप्दै गरेको बेला स्काभेटरबाट खसेको ढुंगाले टाउकोमा लाग्दा महोत्तरी बर्दिवासका कृष्ण भण्डारीको मृत्यु भएकाृ चापागाउँ प्रहरी वृतका डिएसपी रबिन्द्र रेग्मीले जानकारी दिए।

ढुंगा लागेर अन्य २ जना घाइते भएका छन् ।

सो स्थानमा आश्रम बनाउन स्काभेटरले ढुंगा निकालिरहेको थियो । भण्डारीको मृत्युपछि प्रहरीले स्काभेटर र चालकलाई नियन्त्रणमा लिएको छ।