735 views 0 secs 0 comments

एक जना शिक्षकलाई १० हजार घुससहित पक्राउ…

In देश, समाज
२७ श्रावण २०७६, सोमबार १८:११

अख्तियार अनुसन्धान आयोगको टोलीले दाङका एक जना शिक्षकलाई १० हजार घुससहित पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको रझेनामा उच्च मावि राहत दरबन्दीमा कार्यरत शिक्षक गणेश केसीलाई आयोगको नेपालगञ्जको टोलीले घुस रकमसहित पक्राउ गरेको हो ।
विद्यालयमा सञ्चालन भएको सिभिल इञ्जिनियरिङ्गको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै एक जना विद्यार्थीबाट १० हजार रुपैयाँ लिइरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको हो ।