Home > Articles posted by NewsDesk (Page 71)
FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १२:२३
740 views 0 secs

महोत्तरीको मनरासिस्वा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।  आइतबार राति २ बजे शौचालय गएका मनरासिस्वा गाउँपालिका वडा नं ३ सोनल घर भएका ६१ वर्षीय सहदेव प्रसाद यादव घाइते भएका हुन् ।अज्ञात समुहले उनको छातीको तल्लो भागमा गोली हानेर फरार थिए ।गम्भीर घाइते यादवलाई उपचारका लागि प्रदेशिक अस्पताल जनकपु लगिएको छ […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार ११:०२
576 views 0 secs

ललितपुरको बालकुमारीमा आइतबार बिहान आगलागी भएको छ । मुख्य सडकमै रहेको व्यावसायिक भवनमा पौने नौ बजेतिर आगलागी भएको थियो । वारुण यन्त्रको मद्दतमा करिब आधा घण्टामै आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भवनको दुई वटा तलामा क्षति भएको छ । दुवै तलामा रहेका फर्निचर, कागजात लगायतका सामान जलेर नष्ट भएको छ । विद्युत सर्ट भएर […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १०:३२
631 views 0 secs

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका– ४ कांग्रेस चोकमा रहेको एक सुनचाँदी पसलमा चोरी भएको छ । कांग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढी सुन र ८ लाख नगद चोरी भएको पसल धनि उमेश गहतराजलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय गैंडाकोटले जनाएको छ ।आइतबार बिहान पसल खोल्न आउँदा मात्र पसलमा चोरी भएको थाहा पाएको गहतराजले […]

FEATURE
on १८ फाल्गुन २०७६, आईतवार १०:१३
611 views 0 secs

एसीसी इस्टर्न रिजन टी २० अन्तर्गतको खेलमा हङकङले नेपाललाई १५५ रनको लक्ष्य दिएको छ । बैंककस्थित टेर्डथाई क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको हो । हङकङका लागि ओपनर निजाकात खानले सर्वाधिक ४८ रन बनाए । यस्तै कप्तान अइजज खानले २८, हारुन अर्सदले २७, ओपनर साहिद […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार १७:३३
553 views 0 secs

पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौँ जिल्ला अदालतमा न्याय माग गर्दै मुद्दा दायर गरेका छन् । शुक्रबार उनले आफूविरुद्ध झुठा लाञ्छना लगाइएको र गाली बेइज्जति भएको भन्दै आफ्ना प्रतिनिधिमार्फत मुद्दा दायर गरेका हुन् । उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा कमिशनको डिल भएको भनिएको ‘अडियो टेप’ सार्वजनिक गर्ने विजय मिश्रविरुद्ध मुद्दा दायर गरेका हुन् । मिश्रले […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार १६:५७
497 views 1 sec

पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ कैलाश चोकमा नजिक बिहीबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१५ का २१ वर्षीय दिनेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए । दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको लु३त ४८३३ नम्बरको ट्याक्टर […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार १६:५०
484 views 0 secs

लागूऔषधसहित प्रहरीले मोरङबाट एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटगनर– ११ पिचरा घर बताउने २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्ण श्रेष्ठ छन् । बिहीबार राति करिब १२ बजे २६० एम्पुल लागूऔषधसहित विराटनगर–११ बसपार्कबाट श्रीमान श्रीमती पक्राउ परेका हुन् । प्रहरीको गस्ती टोलीले उनीहरुमाथि शंका लागेर चेकजाँच गरेको थियो । […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार १६:३५
561 views 0 secs

विराटनगर महानगरपालिकाले सडकको धुलो बढार्न ब्रुमरको प्रयोग गर्न थालेको छ । खरिद गरेको डेढ वर्षसम्म थन्किएको ब्रुमर महानगरपालिकाले प्रयोग गर्न थालेको हो । २०७५ असोजमा महानगरपालिकाले ५५ लाख रुपैयाँमा ब्रुमर खरिद गरेको थियो । तर दक्ष जनशक्ती अभावका कारण प्रयोगमा आएको थिएन् । सडकहरु कालो पत्रे भएका कारण ब्रुमरको प्रयोग गर्न थालिएको मेयर भीम पराजुलीले […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार १४:१६
575 views 1 sec

जन्ती गएका जीराभवानी गाउँपालिका-१ का ४२ वर्षीय बोधा उराव धाँगड मृत भेटिएका छन् । पटेर्वासुगौली गाउँपालिका-३ टोल देकुलीबाट बिहीबार साँझ जन्ती गएका उनी पर्सागढी नगरपालिका-५ हरपुरमा शुक्रबार बिहान मृत भेटिएका हुन् । राति जोकर बनेर नाचेका उनी खाना खाएर सुतेका थिए । शुक्रबार बिहान जन्ती घर फर्किने क्रममा उठाउन जाँदा उनको मृत्यु भइसकेको स्थानीयलाई उदृध […]

FEATURE
on १६ फाल्गुन २०७६, शुक्रबार १४:०६
644 views 0 secs

वीरगञ्जमा एक वर्षीय शिशु मृत भेटिएका छन् । भारत बिहार रतनपुरी घर भइ वीरगञ्ज चण्डाल चोकमा ग्यारेजमा काम गर्दै आएका रमोद साहका एक वर्षीय छोरा प्रशान्त साह मृत भेटिएका हुन् । वीरगञ्ज -१६ पशुपतिनगर छेउ दशगजास्थित सिर्सिया नदीबाट बिहान शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । शव देखेपछि स्थानीयले नदीको डिलमा […]