486 views 1 sec 0 comments

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु…

In समाज
१६ फाल्गुन २०७६, शुक्रबार १६:५७

पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ कैलाश चोकमा नजिक बिहीबार राति ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक गैडाकोट नगरपालिका-१५ का २१ वर्षीय दिनेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाँणले जानकारी दिए । दलदले चोकबाट उत्तरतर्फ जाँदै गरेको लु३त ४८३३ नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको ना५५प ३१६४ नम्बरको मोटरसाइकल एक ठोक्किँदा गम्भीर घाइते भएका गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलमा सवार १९ वर्षीय प्रितम गुरुङको पुरानो मेडिकल कलेज चितवनमै उपचार भइरहेको प्रहरीले जानकारी दिएको ।