
लागूऔषधसहित प्रहरीले मोरङबाट एक दम्पतीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटगनर– ११ पिचरा घर बताउने २६ वर्षीय दिपेश श्रेष्ठ र उनकी श्रीमती २१ वर्षीय तृष्ण श्रेष्ठ छन् ।
बिहीबार राति करिब १२ बजे २६० एम्पुल लागूऔषधसहित विराटनगर–११ बसपार्कबाट श्रीमान श्रीमती पक्राउ परेका हुन् ।
प्रहरीको गस्ती टोलीले उनीहरुमाथि शंका लागेर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा उनीहरुको साथबाट लुपिजेसिक, एभिल, डाइजोल्याप २६० एम्पुल र तीनवटा सिरिन्ज बरामद गरेको मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए ।