559 views 1 sec 0 comments

ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु: नवलपुर

In समाज
७ आश्विन २०७६, मंगलवार १०:५६

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।
लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा गएराति ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु भएको हो । मृत्यु हुने सबै पुरुष छन् ।
प्रहरी स्रोतका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ वर्षीय दीपक भन्ने पूर्णबहादुर विक, देवचुली-५ का दिलबहादुर ढेंगामगर र कैलालीका सुरज राना मगरको सनाखत भएको छ । अन्य २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
‘ढोका फोडेर बाहिर निकालेर गम्भीर अवस्थामा चितवन पठाएका थियौं, उनीहरु पाँचै जनालाई अस्पतालले मृत घोषणा गरेको छ,’