445 views 0 secs 0 comments

युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी…

In देश
७ आश्विन २०७६, मंगलवार १०:४५

चितवनको भरतपुर महानगरपालिका-४ दुर्गा चोकस्थित युनाइटेड प्याकेजिङ उद्योगमा आगलागी भएको छ ।
नारायणगढ बजारमा रहेको युनाइटेड प्याकेजिङ उद्योगले कागजका कार्टुन उत्पादन गर्दै आएको थियो । मंगलबार बिहान करिब २ बजेतिर आगो लागेको र नियन्त्रणको प्रयास जारी रहेको नारायणगढ प्रहरीले जनाएको छ । दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीय आगो निभाउन खटिएका छन् । आगलागीको कारण खुलेको छैन । तर, विद्युत सर्ट भएको आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।