
जन्ती गएका जीराभवानी गाउँपालिका-१ का ४२ वर्षीय बोधा उराव धाँगड मृत भेटिएका छन् ।
पटेर्वासुगौली गाउँपालिका-३ टोल देकुलीबाट बिहीबार साँझ जन्ती गएका उनी पर्सागढी नगरपालिका-५ हरपुरमा शुक्रबार बिहान मृत भेटिएका हुन् । राति जोकर बनेर नाचेका उनी खाना खाएर सुतेका थिए । शुक्रबार बिहान जन्ती घर फर्किने क्रममा उठाउन जाँदा उनको मृत्यु भइसकेको स्थानीयलाई उदृध गर्दै प्रहरीले जानकारी दिएको छ । मृत्युको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक दीपक चोरवारले जानकारी दिए ।